निर्मलराज पौडेलले १५ वर्षपछि ल्याए ‘छम्म नाचौं, छप्प नाचौं’ [भिडियाे]

निर्मलराज पौडेलले १५ वर्षपछि ल्याए ‘छम्म नाचौं, छप्प नाचौं’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मलराज पौडेलको डान्सिङ नम्बरको गीत ‘छम्म नाचौं, छप्प नाचौं’ सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमकाबिच भिडियोमा अभिनय गर्ने कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । गीतमा निर्मलकै शब्द तथा मोहित मुनालको संगीत छ ।

भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल कटवाल, खुश्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ ।

भिडियोमा मनिष पौडेलको निर्देशन, गम्भीर विष्टको कोरियोग्राफी, महेश पौडेलको छायांकन छ ।

वेलकम एडभर्टाइजिङका संस्थापकसमेत रहेका निर्मलले १५ वर्षपछि गीत ल्याएका हुन् । १३ वर्षको उमेरदेखि नै स्कुलमा हुने नृत्य, कमेडी र गायक गतिविधिमा सक्रिय हुँदै आएका निर्मलले फिल्म ‘कमस’, ‘प्रिती’, ‘पुकार’ र ‘आमाको माया’मा अभिनय गरेका छन् ।

गायक पौडेलले अन्य गायक/गायिकाले गाएका गीतको शैलीभन्दा अलिक पृथक शैलीको गीत गाउने इच्छाले ‘छम्म नाचौं छप्प नाचौं’ सार्वजनिक गरिएको बताए । ‘कहिँ कतै पार्टीतिर नाँच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाँच्ने खालका मौलिक गीत नै छैनन्’, गीतबारे निर्मलले भने, ‘मैले विज्ञापनका लागि जिंगल लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गार्हो भएन ।’

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=lq_GOrSD25Q

Skip This
Skip This
Logo