जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

केन्द्रबिन्दु
144
Shares

मुम्बई। पूर्वबलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानूनी झमेलामा परेकी छन्। एमपी-एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ। अभिनेत्री जया सातौं पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो।

अभिनयबाट राजनीतिमा आएकी जयाविरुद्ध आचारसंहिता उल्लंघनको मुद्धामा रामपुरमा रहेको एमपी-एमएलए अदालतले ६ वटा गैर जमानती वारेन्त जारी गरेको छ। सातौं पटक पनि अदालतमा जया उपस्थित नभएपछि अदालतले अभिनेत्रीलाई पक्राउ गरी अदालतमा पेश गर्न प्रहरीलाई आदेश दिएको हो।

सन् २०१९ मा जया प्रदा भारतीय जनता पार्टी(भाजपा)को प्रतिनिधित्व गर्दै रामपुरबाट लोकसभाको उम्मेद्वार थिइन्। त्यसताका जयाले ¥यालीका क्रममा केही आचारसंहित उल्लंघन गरेको आरोप छ। उनीविरुद्ध दुई कानुनी मुद्धा दर्ता भएका छन्।

अदालतले जयालाई पटक–पटक अदालतमा उपस्थित हुन भनिरहेको छ। यद्यपि, उनले अदालतको आदेशलाई गम्भीर रुपमा लिइनन्। जसकारण अदालतले कुनै विकल्प विना नै जयामाथि पक्राउ वारेन्ट जारी गर्नुपर्यो। हालसम्म जया वा उनको टिमले कानुनी अपडेटका बारेमा कुनै पनि आधिकारिक विज्ञप्ती जारी गरेका छैनन्।

जया सन् ७० देखि ८० को दशककी लोकप्रिय अभिनेत्री हुन्। फिल्म निर्माता कृष्णा राव र निलावानी छोरी जयाको वास्तविक नाम ललिता रानी राव हो। उनले १३ वर्षको उमेरमा तेलुगू फिल्मबाट अभिनयमा डेब्यू गरेकी थिइन्।

जुन समया उनले १० रुपैयाँ पारिश्रमिक बुझेकी थिइन्। उनले तेलुगू फिल्मपछि बलिउडमा पाइला चालिन्। एकसमय उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन्।

जयाको व्यावसायिक करियर सफल भए पनि उनको व्यक्तिगत जीवन भने संघर्षपूर्ण नै थियो। उनले श्रीकान्त नाहटासँग विवाह गरिन्, जसको पहिले नै दुई सन्तान थिए। जयासँग विवाह गरेपछि पनि श्रीकान्तले पूर्व पत्निबाट तेस्रो सन्तान जन्माएका थिए। त्यसपछि जयाले श्रीकान्तसँग अलग्गिने निर्णय लिइन्। उनले सन् १९९४ मा अभिनय छोड्दै राजनीतिमा जोडिने निर्णय लिइन्।

Skip This
Skip This
Logo