अमेरिकामा उषा पौडेल र बिमलेश अधिकारीकाे ‘भ्यालेन्टाइन मस्ती’

अमेरिकामा उषा पौडेल र बिमलेश अधिकारीकाे ‘भ्यालेन्टाइन मस्ती’

केन्द्रबिन्दु
910
Shares

आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस । विश्वभर रहेका प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ । यसैबीच चर्चामा छ, अभिनेता विमलेश अधिकारी र अभिनेत्री उषा पौडेलको तस्विर । भ्रम नहोस् की उनीहरु प्रेमी हुन्, तर, ‘भ्यालेन्टाइन डे’ विशेष उनीहरुको तस्विर भने त्यो भन्दा कम छैन ।

चर्चामा छ, अभिनेता विमलेश अधिकारी र अभिनेत्री उषा पौडेलको तस्विर । भ्रम नहोस् की उनीहरु प्रेमी हुन्, तर, ‘भ्यालेन्टाइन डे’ विशेष उनीहरुको तस्विर भने त्यो भन्दा कम छैन ।

अमेरिकालाई कर्मथलो बनाएका कलाकारद्वय विमलेश र उषाले बाल्टिमोरको सेरोफेरोमा ‘भ्यालेन्टाइन डे’ विशेष छायांकन गर्न भ्याएका हुन् । उनीहरुको तस्विर कैद गरेका हुन् बरिष्ठ फोटोग्राफर राजिव श्रेष्ठले । विगत ३ दशकदेखि विभिन्न चाडपर्व,उत्सव लगायतमा सयौं कलाकारहरुको तस्बिरहरु कैद गर्दै आएका श्रेष्ठले अमेरिकामा पनि त्यसलाई निरन्तरता दिँदै आएका छन् ।

हालै अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर बिमलेशले ‘ह्याप्पी डिभोर्स’ नामक चलचित्रमा निर्देशन गर्न लागेका हुन् ।

बिमलेश अधिकारी एक नेपाली चलचित्र अभिनेता हुन् । उनी नेपाली साङ्गीतिक भिडियोहरूमा मोडलको रूपमा काम गरिसकेका छन्। उनी ब्रेक फेल नामक नेपाली चलचित्रबाट आफ्नो करियरको सुरुवात गरेका थिए। म्यूजिक भिडियोमा निकै रुचाइएका बिमलेश २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए । त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनल ‘तुलसी’, ‘मुटु’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका सिनेमामा पनि अभिनय गरेका छन् । अब उनी निर्देशकको भूमिकामा पनि देखिने भएका छन् । हालै अभिनेत्रीद्वय केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर उनले ‘ह्याप्पी डिभोर्स’ नामक चलचित्रमा निर्देशन गर्न लागेका हुन् ।

यता उषा पौडेल कुनै बेलाकी नेपाली चलचित्र क्षेत्रकी चल्तीकी अभिनेत्री हुन् । तर, उनलाई दर्शकले नेपाली चलचित्रमा देख्न नपाएको धेरै बर्ष भइसक्यो । जनकपुरमा जन्मिएकी उनले नेपाली फिल्म उद्योगमा नेपाली सिनेमा कर्मबाट एक अभिनेत्रीको रूपमा प्रदापण गरेकी थिइन्। उनको दोस्रो चलचित्र “मुना मदन” सन् १९९९ मा लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित मुनामदन नामक एक लोकप्रिय पुस्तकको आधारमा बनाइएको थियो। साथै गोधुली, तिम्रो माया, प्यारी बहिनी, गङ्गा, जेठो कान्छो, राम लक्ष्मण, बाज, क्रोध, माया नगर, ज्वालामुखी लगायतका ४० भन्दा बढी नेपाली चलचित्रहरूमा उनले काम गरिसकेकी छिन्।

उषाको चलचित्र मुना मदन सन् २००४ ओस्करमा नेपालको प्रतिनिधित्व गरेको थियो।

उनले ८ टेलिभिजन कार्यक्रम, ३६ सङ्गीत भिडियोहरू र एक दर्जन भन्दा बढी टेलिभिजन विज्ञापनमा आफ्नो प्रतिभा देखाइसकेकी छिन्। उनले सन् २००३ मा उनले गरेका उत्कृष्ट अभिनयका कारण उनलाई “उत्कृष्ट अभिनेत्री” पुरस्कार प्रदान गरिएको थियोे। उनको चलचित्र मुना मदन सन् २००४ ओस्करमा नेपालको प्रतिनिधित्व गरेको थियो। उनले संसारभर यात्रा गर्दै आफ्नो नृत्य प्रस्तुत गरिसककी छिन् जसले गर्दा उनले सबैतिरबाट निकै प्रशंसा बटुल्न पनि सफल भएकी थिइन्। उनको प्रतिभालाई मान्यता दिँदै र नेपालका पूर्व राष्ट्रपति डा. रामवरण यादवले उनलाई सम्मानित गरेका थिए। उषाकाे चलचित्र क्षेत्रतर्फको रूची अझै बढ्दो क्रममा थियोे जसका कारण बलिउडमा भाग्य चम्काउन मुम्बईतिर लागेकी उनले अहिलेसम्म ठूलो पर्दामा अनुहार देखाउने अबसर नपाए पनि केही टेलिसिरियलमा राम्रै रोल पाएकी छिन् ।

तस्विर- राजिव श्रेष्ठ/बरिष्ठ फोटोग्राफर

Logo