मह जोडीलाई नागरिक सम्मान पुरस्कार

मह जोडीलाई नागरिक सम्मान पुरस्कार

केन्द्रबिन्दु
84
Shares

विराटनगर। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ। झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो।

उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ। प्रतिष्ठानका अध्यक्ष गोपालकुमार बस्नेतका अनुसार उक्त पुरस्कार बुधबार आयोजना हुने विशेष कार्यक्रमकाबीच कलाकार जोडीलाई प्रदान गरिनेछ।

अध्यक्ष बस्नेतले पिता टुङ्गबहादुर बस्नेत र आमा पूर्णकुमारीको स्मृतिमा पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए। कार्यक्रम नेपाली मूलका भारतीय नाट्यकर्मी सीके श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना गरिने जनाइएको छ।

Logo