कपिल शर्मा ‘शो’ मा आमिर खान

कपिल शर्मा ‘शो’ मा आमिर खान

केन्द्रबिन्दु
70
Shares

मुम्बई। बलिउडका कमेडी किङ कपिल शर्मा यतिबेला आफ्नो कमेडी शो ‘द ग्रेट इण्डियन कपिल शो’ लाई लिएर चर्चामा छन्। यो शोलाई दर्शकहरु लामो समयदेखि प्रतिक्षामा छन्। कपिलको यो शोमा लामो समयपछि सुनील ग्रोवर फर्कँदैछन्। यसबाहेक कीकु शारदा, कृष्णा अभिषेक, राजीव ठाकुर र अर्चुना पुरनसिंह टिममा छन्।

यहीबीचमा यो शोमा अभिनेता आमिर खान देखिने खबर सार्वजनिक भएको छ। आमिर हालसम्म कपिल शर्माको शोको कुनै पनि सिजनमा देखिएका छैनन्। शोको निर्माण टिमले पनि यसपटकको शोमा आमिरको आगमन हुने जनाउ दिएका छन्।

‘आमिर खान कहिल्यै पनि कपिल शर्माको कमेडी शोको हिस्सा बनेका छैनन्। तर यसपटक भने शोमा आमिर खानलाई हेर्ने दर्शकको चाहना पुरा हुने भएको छ। अहिलेसम्म चाहिँ आमिर शोमा देखिने कुरा आएको छ, तर शोको प्रसारणपछि आमिर शोमा हुनेछन् या छैनन् भन्ने टुंगो लाग्नेछ’, निर्माण टिमले भनेको छ।

यो शोमा कपिल शर्मा र सुनील ग्रोवर करिब ७ वर्षपछि पुनः एकसाथ काम गर्दैछन्। यसअघि सुनीलले कपिलका साथ ‘द कपिल शर्मा’ र ‘कमेडी नाइट्स विद कपिल’ जस्ता सिजनमा गुत्थी र डाक्टर मशहूर गुलाटीको चरित्र निर्वाह गरेका थिए। सुनीलको यो चरित्रलाई दर्शकले निकै मनपराएका थिए। तर सन् २०१७ मा कपिलसँग सुनीलको खटपट भएपछि उनले शो छोडेका थिए।

कपिल शर्माको यो शो टेलिभिजनको सट्टा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा स्ट्रिम हुनेछ। शो मार्च ३० बाट प्रसारण हुनेछ। यसपटकको सिजनमा सुमोना चक्रवर्ती र चन्दु भने हुने छैनन्।

Logo