कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र: सुनील ग्रोवर

कपिलसँगको झगडा पब्लिक स्टन्ट मात्र: सुनील ग्रोवर

केन्द्रबिन्दु
182
Shares

मुम्बई । ओटीटी शो ‘द ग्रेट इण्डियन कपिल शो’को तयारी गरिरहेका अभिनेता तथा कमेडियन सुनील ग्रोवरले कमेडियन कपिल शर्मासँगको झगडा केवल ‘पब्लिक स्टन्ट’मात्र भएको खुलासा गरेका छन् ।

उनले मंगलबार सञ्चारमाध्यमसँग कुरा गर्दै ६ वर्षअघि कपिलसँग भएको झगडाले मनोरञ्जन उद्योगमा आँधीबेहरी ल्याएको भन्दै मजाक गरेका थिए । ‘त्यतिबेला स्ट्रिमिङ मिडियाहरुले बाटो बनाउँदै थिए । त्यहीकारण कपिल र मैले टेलिभिजन सामाग्रीलाई ओटीटीमा हाइप बनाउनका लागि त्यो फण्डा निकालेका थियौं’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘त्यो समयमा नेट्फ्लिक्स इण्डियामा नयाँ नयाँ आएको थियो । त्यही भएर हामीलाई लाग्यो कि टेलिभिजनको दर्शकलाई बाँधेर राख्नका लागि केही गर्नुपर्छ ।’ त्यही सोच अनुसार कपिलसँग झगडाको पब्लिक स्टण्ट गरेको उनको दाबी छ । यो शो नेट्फ्लिक्समा मार्च ३० मा प्रसारण हुँदैछ ।

Logo