बलिउड अभिनेत्री ज्याकलिन काठमाडौंमा

बलिउड अभिनेत्री ज्याकलिन काठमाडौंमा

केन्द्रबिन्दु
280
Shares

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज नेपाल आइपुगेकी छन् ।

अभिनेत्री ज्याकलिन शनिबार हुन लागिरहेको हीरा र गहनाको क्षेत्रमा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सको २७औं वार्षिकोत्सवमा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् । उनलाई त्रिभुवन विमानस्थलमा आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले स्वागत गरेका थिए ।

आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरु प्रदर्शन गर्नेछन् । सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आएकी हुन् । वार्षिकोत्सवमा हलिउड अभिनेता तथा मोडल किम गुडबर्न पनि सहभागी हुनेछन् ।

आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा–प्रेरित डिजाइनका लागि प्रख्यात आरबी डायमण्ड ज्वेलर्स सन १९९७ बाट सञ्चालनमा आएको हो।

Logo