फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग

फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा सक्कली हतियार प्रयोग

केन्द्रबिन्दु
21
Shares

मुम्बई। अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ।

एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन्। फिल्म निर्माताले ती दृश्यलाई वास्तविक झैं देखाउनका लागि एक्सन दृश्यमा सक्कली हतियारको प्रयोग गरेका छन्।

फिल्ममा कारलाई पछ्याउनु, चक्कुको फाइट र धेरै स्टन्ट छन्। फिल्ममा चिनूक, ब्ल्याक हक्स, सी–२३५, हमवीज, ओशकोशेस, मिलिट्री ट्रक, मिलिट्री ल्याण्ड रोबर्स, एटीवी र ट्यांकसहितका हतियार प्रयोग भएका छन्।

निर्देशक अली अब्बास जफरले फिल्ममा सक्कली हतियार प्रयोग भएको पुष्टि गरेका छन्। ‘योभन्दा अधिक सन्तुष्टि के नै हुनसक्छ र। हामीले वास्तविक लोकेसनमा सक्कली हतियार र उपकरणसँगै सक्कली स्टन्ट सुट गरेका छौं। हामी देशभरका सैनिकप्रति आभारी छौं, जसले हाम्रो फिल्ममा उनीहरुको बन्दुक, ट्यांक, मिलिटरी ट्रक, चिनुक र कैयौं हतियारको प्रयोग गर्न हामीलाई सहयोग गरे’,उनले भनेका छन्।

उनले उत्कृष्ट प्राविधिक टिम र एक्सन क्रुको सहयोगमा दृश्यलाई वास्तविक देखाउने प्रयास गरिएको बताए। उनका अनुसार फिल्ममा देखाइएको बम ब्लास्ट, हतियार र लोकेसन वास्तविक हुन्।

Skip This
Skip This
Logo