स्मिताले ल्याइन् ‘जाली रुमाल’, प्रियङ्का र आयुष्मानकाे राेमान्स

स्मिताले ल्याइन् ‘जाली रुमाल’, प्रियङ्का र आयुष्मानकाे राेमान्स

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ आज सार्वजनिक भएको छ ।

सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गरेकाे गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गरेका छन् । श्रव्यदृश्यमा प्रियङ्का कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।

टि इन्टरटेन्मेन्टले आज ‘युट्युब’मार्फत सार्वजनिक गरेको उक्त गीतको छायाँकन नवराज उप्रेतीले गरेका हुन्। ।

Logo