फिल्म ‘किङ’ मार्फत थिएटरमा फर्कदै शाहरुख खान

फिल्म ‘किङ’ मार्फत थिएटरमा फर्कदै शाहरुख खान

केन्द्रबिन्दु
12
Shares

मुम्बई। अभिनेता सलमान खानले केही दिनअघि मात्र आफ्नो फिल्म ‘सिकन्दर’को घोषणा गरे। यो फिल्म आगामी वर्ष २०२५ मा रिलिज हुँदैछ।

यहीबीचमा अभिनेता शाहरुख खान पनि नयाँ फिल्म ‘किङ’ लिएर दर्शकमाझ आउने तयारीमा छन्। शाहरुखलाई बलिउडमा ‘किङ खान’का रुपमा चिनिन्छ।

यही कारण पनि उनले फिल्मको नाम ‘किङ’ राखिएको फिल्म विश्लेषकहरुको दाबी छ। यही फिल्मबाट शाहरुख पुत्री सुहाना खान पनि ‘थिएट्रिकल डेब्यू’ गर्दैछिन्। फिल्ममा सुजोय घोषको निर्देशन हुनेछ।

सन् २०२५ मा रिलिज हुने यो फिल्मको प्री–प्रोडक्सनको काम सुरु भइसकेको छ। निर्माताहरु यसै वर्षको गर्मी मौसममा फिल्म फ्लोरमा लैजाने तयारीमा छन्। अहिले निर्माता र निर्देशक फिल्मको कास्टिङमा ध्यान दिइरहेका छन्। उनीहरु फिल्ममा शाहरुखसँग भिड्न सक्ने भिलेनको खोजीमा छन्। फिल्मको १२ दिनसम्म एक्सन दृश्य खिचिनेछ।

Skip This
Skip This
Logo