बालगायक अशोक दर्जी अब फिल्मकाे हिराे

बालगायक अशोक दर्जी अब फिल्मकाे हिराे

केन्द्रबिन्दु
12
Shares

एक समयका भाइरल बालगायक अशोक दर्जी अब फिल्मकाे हिराे बन्ने भएका छन्। उनी ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बाट फिल्ममा डेव्यू गर्न लागेका हुन्।

उनले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए। यो गीतका सङ्गीतकार टंक बुढाथोकी हुन्। बुढाथोकीको करियरको पनि यो गीत ‘टर्निङ पोइन्ट’ मानिन्छ। पाँच वर्षअघि टंक र बाल गायक अशोक दर्जीको स्वरमा सार्वजनिक सो गीतलाई स्रोता–दर्शकले निकै रूचाएका थिए।

फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्ट समेत दिइसकेका छन्। छिट्टै छायाँकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन।

फिल्मको मुख्य भूमिकामा अशोकसङ्गै छोरा एआर बुढाथोकी पनि देखिने छन्। अन्य पात्र छनौटको चरणमा छन्। अशोकलाई लिएर आफ्नो विषयमा बजारमा विभिन्न भ्रम रहेकाे भए पनि त्यो चिर्ने गरेर फिल्म बनाउने टंकले बताए। अशोक दर्जीलाई याे क्षेत्रमा भित्र्याउन टंक बुढाथोकीकाे निकै ठुलाे हात रहकाे छ।

फिल्मका लागि अशोक र एआर वर्कशपमा बसिरहेका छन्। फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायांकन जेठपछि शुरु हुने बताइएको छ।

Skip This
Skip This
Logo