ट्रेलरमा यस्ताे देखियाे भजन शिरोमणिको बायोपिक फिल्म ‘आचार्य’ [भिडियाे]

ट्रेलरमा यस्ताे देखियाे भजन शिरोमणिको बायोपिक फिल्म ‘आचार्य’ [भिडियाे]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपनदेखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ वर्षअघि नै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्यप्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउने असार ७ गते देखि फिल्मको पुनः प्रदर्शन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।

चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरुस्तै उतारेका छन । ट्रेलरमा अरुणा कार्की भक्तराजको श्रीमती भएर खेलेकी छिन भने सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई , विपिन कार्की जस्ता अहिलेका सुपरस्टारहरुलाई समेत देख्न सकिन्छ । रोशन राई निर्माता रहेको फिल्मलाइ प्रशान्त रसाईलीको निर्देशन बनेको हो। फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका हुन् ।

Skip This
Logo