समुन्द्री किनारमा उषा उप्रेतीको हट अवतार [तस्विरहरु]

समुन्द्री किनारमा उषा उप्रेतीको हट अवतार [तस्विरहरु]

केन्द्रबिन्दु
140
Shares

नेपाली रंगमञ्चमा व्यस्त मोडलका रुपमा चिनिन्छिन्, उषा उप्रेती । टिकटकमा भिडियो बनाउँदै चर्चामा आएकी उषा अहिले म्युजिक भिडियोकी व्यस्त मोडलमा गनिन सफल एक उदाहरण पनि हुन् । नेपालमा प्रतिबन्ध हुनुअघि टिकटकबाट उदाएका कैयौं प्रतिभा भाइरल ज्वरोझैं आए, हराए । तर, उषाले कहिल्यै हराउनु परेन । म्युजिक भिडियोमा मात्रै होइन, देश विदेशका महोत्सवहरुमा पनि धमाकेदार प्रस्तुति दिँदा लाखौं समर्थक कमाएकी छन् । आशालाग्दी मोडलका रूपमा हेरिएकी उनको सुन्दरता, नृत्य र एक्सप्रेसनको धेरैले प्रशंसा गर्छन् ।

उषाको रुपरंग यस्तो छ, मानौँ म्युजिक भिडियो वा चलचित्रकै लागि बनेकी हुन् । यद्यपि, सुन्दरता र क्षमताको तुलनामा उनले सफलताको स्वाद चाख्न बाँकी नै छ ।

‘रेलीमैदेखि भर्जिन जवानी होस्, या चुम्दा मायाले, एक बचन बोल्दैमा, पियारी, गलबन्दी बैना’लगायत दजनौैं म्युजिक भिडियोमा उनले तहलका पिटिसकेकी छन् । उनको रुपरंग यस्तो छ, मानौँ म्युजिक भिडियो वा चलचित्रकै लागि बनेकी हुन् । यद्यपि, सुन्दरता र क्षमताको तुलनामा उनले सफलताको स्वाद चाख्न बाँकी नै छ । हुन त उषा अब चलचित्र क्षेत्रमै फड्को मार्ने सोचमा छिन् । उनलाई चलचित्रबाट अफर नआएको पनि होइन, तर राम्रो चलचित्रबाट मात्रै डेब्यु गर्ने सोच रहेको उषा बताउँछिन् ।

ग्लामर मोडलका रुपमा पनि परिचित उषा उप्रेतीले हालै दुबई भ्रमणका क्रममा समुन्द्री किनारमा बिकिनी फोटोसुट गर्दै सामाजिक सञ्जालमा गर्मी बढाएकी छिन् ।

सानैबाट चलचित्रको नायिका बन्ने सपना बोकेकी उषा टिकटक नभएको भएपनि आफू यो क्षेत्रमा आउने बताउँछिन् । उनी आफूलाई रोमान्टिक लभ स्टोरी चलचित्र सुहाउने बताउँछिन् । यसैले अहिलेका चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतका कलाकारसँग डेब्यु गर्ने उनको इच्छा छ ।

हुन त पल शाहदेखि पुष्प खड्काजस्ता चल्तीका स्टारहरूसँग उनले म्युजिक भिडियोमा भने काम गरिसकेकी छन् । यसबाहेक राम्रो ब्यानर र सफल निर्देशकको चलचित्रबाट अफर आएको खण्डमा आफू झनै उत्साहित हुने उषा बताउँछिन् ।

अहिलेका चलेका नायकहरु अनमोल केसी, प्रदीप खड्का, पल शाह, पुष्प खड्का लगायतका कलाकारसँग डेब्यु गर्ने उनको इच्छा छ ।

ग्लामर मोडलका रुपमा पनि परिचित उषा उप्रेतीले हालै दुबई भ्रमणका क्रममा समुन्द्री किनारमा बिकिनी फोटोसुट गर्दै सामाजिक सञ्जालमा गर्मी बढाएकी छिन् । उनी आफैंले सामाजिक सञ्जालमा शेयर गरेकी तस्वीरहरुमा उषा उप्रेती यति हट देखिन्छिन् कि उनले गर्मीलाई नै चुनौती दिइरहेजस्तो देखिन्छ । फोटो कमजोर किन नहोस् समुन्द्री किनारको पोजले अन्यको तुलनामा बढी चर्चा पाउने हुँदा धेरै मोडलका लागि आकर्षक स्थल बन्ने गर्दछ समुन्द्री किनार । सामाजिक सञ्जालमा छरपष्ट उषाका हट तस्विरमा फ्यानहरुले पनि आआफ्नै प्रतिक्रिया दिएका छन् । यसले उनको चर्चा झन् चुलिएको छ ।

Logo