प्रेम सम्बन्धको पाँच वर्षपछि अलग्गिए मलाइका-अर्जुन

प्रेम सम्बन्धको पाँच वर्षपछि अलग्गिए मलाइका-अर्जुन

केन्द्रबिन्दु
182
Shares

मुम्बई । बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए । सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरु अब भने अलग्गिएका छन् ।

प्रेम सम्बन्धमा रहँदा उनीहरु प्रायः सँगै हुन्थे र सामाजिक सञ्जालमा एकअर्काको तस्वीर राख्न छुटाउदैन थिए । केही समयअघिदेखि उनीहरुको सम्बन्धमा दरार आएको समाचार सार्वजनिक भइरहेका थिए । आफूहरुको ब्रेकअपका बारेमा जोडीले कुनै प्रतिक्रिया नदिदा रहँदा अब भने आधिकारिक रुपमा नै उनीहरुको अलग्गिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले अब अलग अलग बाटो लिने निर्णय लिइसकेका छन् ।

‘मलाइका र अर्जुनबीच विशेष सम्बन्ध थियो । उनीहरु एकअर्काको हृदयमा विशेष स्थान बनाएर बसेका थिए । अब भने उनीहरुले अलग्ग्निे निर्णय लिएका छन् । उनीहरुले यसलाई सम्मानजनक अलग भनेका छन् । उनीहरुले कसैलाई पनि आफूहरुको सम्बन्धमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्’, जोडी निकट स्रोतले भन्यो ।

मलाइका र अर्जुनले सन् २०१९ मा ‘इण्डियाज मस्ट वान्टेड’को स्क्रिनिङ पछि आफ्नो सम्बन्धलाई आधिकारिता दिएका थिए । फ्यानहरु उनीहरुको विवाहको प्रतिक्षा गरिरहँदा ब्रेकअपको खबर आएपछि दुःखी बनेका छन् ।

Logo