माधुरीको सुन्दरताले अजयको अनुहारमा जलन !

माधुरीको सुन्दरताले अजयको अनुहारमा जलन !

केन्द्रबिन्दु
42
Shares

मुम्बई । बलिउड अभिनेता अजय देवगनले हालसम्मको करियरमा कैयौं दिग्गज अभिनेत्रीसँग सहकार्य गरिसकेका छन् । जसमा माधुरी दीक्षित पनि पर्छिन् । सन् ९० को दशकमा माधुरी फिल्ममा आफ्नो सुन्दरताले राज गरेकी थिइन् । उनको सुन्दरतामा फ्यान मात्र होइन, कैयौं बलिउड स्टार पनि प्रभावित भएका थिए । जसमा अभिनेता अजय पनि पर्थे ।

अजयका अनुसार बलिउडकी ‘धक धक गर्ल’ माधुरीलाई हेर्दा हातमा रहेको चुरोटका कारण उनको हातमा जलन भएको थियो । सन् २००१ मा रिलिज फिल्म ‘ये रास्ते हे प्यार के’को समयमा यो घटना भएको थियो । यो फिल्ममा अजय र माधुरीको क्यामेष्ट्रीलाई दर्शकले निकै रुचाएका थिए ।

अजयले फिल्म ‘डबल धमाल’को प्रमोसनका बेला यो किस्सा सार्वजनिक गरेका थिए । ‘फिल्मको सुटिङको एकदिन अघि हामी सबै मिलेर सुटिङको विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला माधुरी त्यहाँ आइन् । उनी निकै सुन्दर देखिएकी थिइन् । मैले उनलाई हेरें र हेरेको हेरेकै भएँ । मलाई मेरो हातमा चुरोट छ भन्ने पनि थाहा थिएन । चिउँडोमा हात राखेर माधुरीलाई हेरिरहँदा त्यो चुरोटले कतिखेर मेरो छाला जल्यो, पोलेपछि मात्र थाहा पाएँ । अहिले पनि त्यो दाग अनुहारमा छ’, अजयले भनेका छन् ।

कामको कुरा गर्दा अजय चाँडै नै फिल्म ‘सिंघम अगेन’मा देखिँदैछन् । यसको सुटिङ हालै कश्मिरमा भएको थियो । फिल्ममा अक्षय कुमार, रणवीर सिंह, अर्जुन कपूर, दीपिका पादुकोण र करीना कपूर खान प्रमुख भूमिकामा छन् ।

Logo