अर्जुन पोखरेलको मनले खाको मान्छेमा पुष्प, राज, उषा र ललनाको अभिनय

अर्जुन पोखरेलको मनले खाको मान्छेमा पुष्प, राज, उषा र ललनाको अभिनय

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । महेन्द्र बिक, रबिन भुषाल र मुना अर्यालको स्वर रहेको मनले खाको मान्छे बोलको गीतको भिडियो सार्वजनिक भएको छ। बहुचर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको मनले खाको मान्छेको एरेन्ज बिसम आचार्यले गरेका हुन् भने मिक्सिगं तथा मास्टरिगं नरेश बिबिसीले गरेका हुन्।

प्रेम रोमान्सले भरिएको दुई जोडीको रोमान्टिक प्रेम कथालाई देखाइएको सार्वजनिक गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल ललना चिमोरियाको अभिनय रहेको छ। जसमा पुष्प र ललनाका अलावा राज कटुवाल र उषा उप्रेतीको पनि अभिनय देख्न सकिन्छ। माइकल चन्दको निर्देशन रहेको भिडियोको छायांकन अनिल के मानन्धरले गरेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका हुन्। भिडियो द डिभाइन म्यूजिकबाट बजारमा आएको हो।

Skip This
Skip This
Logo