‘राई इज किङ’ राजेशपायल राई म्युजिकल वर्ल्ड टुरमा व्यस्त, लण्डनबाट पुगे क्यानडा

‘राई इज किङ’ राजेशपायल राई म्युजिकल वर्ल्ड टुरमा व्यस्त, लण्डनबाट पुगे क्यानडा

केन्द्रबिन्दु
18
Shares

नेपाली सांगीतिक क्षेत्रमा ‘राई इज किङ’ले परिचित गायक राजेशपायल राई म्युजिकल वर्ल्ड टुरका क्रममा क्यानडा पुगेका छन् । बेलायतकाे सफल यात्रा पश्चात् उनी क्यानडा पुगेका हुन् ।

गायक राईलाई विमानस्थलमा क्यानडाको क्यालगरी नेपाली सोसाइटीले भव्य स्वागत गरेको थियो । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित क्यालगरी सोसाइटी, क्यानडाले ‘नेपाली मेला’को आयोजना गर्न लागेको हो । उनले यही शनिबार क्यालगरीमा हुने ‘नेपाली मेला’मा विशेष सांगीतिक प्रस्तुती दिँदैछन् ।

यो कार्यक्रममा गायक राईले २५ देखि ३० वटासम्म आफ्ना चर्चित गीतहरु गाउने छन् । जसमा सबैको मन जित्न सफल ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत उनले छुटाउने छैनन् । कार्यक्रममा २० देखि २५ हजारसम्म नेपाली कम्युनिटीलगायतका दर्शक आउने आयोजकले आँकलन गरेको छ ।

पछिल्लो ६ महिनायता गायक राई लगातार वर्ल्ड टुरमै व्यस्त छन् । क्यानडा जानुअघि दुबई र लण्डनमा धमाका मच्चाएका थिए । क्यानडापछि उनी क्रोएसिया र डेनमार्क जानेछन् ।

Skip This
Skip This
Logo