काठमाडौँ । गायिका चन्दा देवानको स्वर रहेको गीत ‘मायापारि बीचबाट माडी खोला बग्यो’ सार्वजनिक भएको छ । चन्दा एल्बमको उक्त गीतमा प्राकृतिक सुन्दरताले अनुपम गाउँका देउराली, चौतारी अनि खोलाका सुन्दर दृश्यहरूको वर्णन गरिएको छ ।
भावेश भूमरीको शब्द रहेको गीतमा रत्नबहादुर खड्गीले संगीत दिएका छन् । गीतमा गाउँका पुराना स्मृतिहरू समावेश छन् । माडी खोलाले रोदी बस्ने पाटीपौवा बगाएर लगेको अनि गोधुलीमा पीर अँगालेका कुराहरूलाई गीतमा स्मरण गरिएको छ । यो गीतको म्युजिक भिडियो चन्दा देवान अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।































प्रतिक्रिया