ओजस लामाको स्वरमा ‘सपना’ सार्वजनिक [भिडियाेसहित]

ओजस लामाको स्वरमा ‘सपना’ सार्वजनिक [भिडियाेसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गायक ओजस लामाको स्वरमा रहेको ‘सपना’ बोलको गीत सार्वजनिक भएको छ । ‘द वाइल्ड’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा सोही च्यानललाई दिइएको छ । गीतसँगै भिडियो पनि तयार पारिएको छ ।

ओजस लामाको शब्द तथा संगीतमा रहेको गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ । आफ्नी प्रेमीकालाई डाडाँमा घर बनाएर आफ्नो सपनाको संसारमा राख्न गायक आतुर देखिन्छन् । सन्तोष तामाङको छायाँकन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । गीतमा भिडियो मास्टरिङ विजय राज भुर्तेलले गरेका छन ।

गीतको भिडियोमा ओजस लामा र अस्विनी श्रेष्ठको फिचरिङ देख्न सकिन्छ ।

Logo