पुरानो घाउ लिएर आइन् गायिका पूर्णिमा [भिडियोसहित]

पुरानो घाउ लिएर आइन् गायिका पूर्णिमा [भिडियोसहित]

केन्द्रबिन्दु
246
Shares

काठमाडौँ । गायिका पूर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका लामाकै शब्द र संगीत रहेको सार्वजनिक गीतमा नारायण दंगालले एरेन्ज गरेका छन् ।

धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडियोमा गायिका पूर्णिमा लामा स्वयं फिचर्ड छिन् ।

भिडियोमा उनी निकै भावुक देखिएकी छिन् । शुक्र लामाले तयार पारेको भिडियोको सम्पादन त्रिलोक लामाले गरेका छन् । प्रेम, वियोगले भरिएको पुरानो घाउ बोलको गीतको भिडियो गायिका लामाकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।

Skip This
Skip This
Logo