विनयले ल्याए नयाँ गीत ‘किन छिन् छिन्’ [भिडियाे]

विनयले ल्याए नयाँ गीत ‘किन छिन् छिन्’ [भिडियाे]

केन्द्रबिन्दु
75
Shares

काठमाडाैं । ६० को दशकमा लोकप्रिय बनेको ‘जब तिमी एक्लै थियौं’ गीतबाट गायन यात्रा सुरु गरेका गायक विनय कार्की क्षेत्रीले नयाँ गीत रिलिज गरेका छन्। कार्कीले ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेका हुन्।

कमल खत्रीको रचना तथा संगीतमा तयार भएको गीतमा उनले अञ्जना सारुसँग युगल गायन गरेका छन्। गायिका सारू ‘इमेज लोककलाकार सिजन १’की विजेता हुन् ।

गीत रिलिजपछि विनयले ‘जब तिमी एक्लै थियौं’ बोलको गीतको लोकप्रियता सम्झँदै त्यसपछिको समय करिब सात वर्ष संगीत संयोजनमा व्यस्त भएकोले गायनमा समय दिन नसकेको बताए।

उनले अब भने आफू नियमित रुपमा गायनमा सक्रिय हुने बताएका छन्। गायनमा पुनः सक्रिय हुनकै लागि उनले ‘भ्वाइस अफ नेपाल, सिजन टु’को मञ्च रोजेका थिए। ब्लाइन्ड अडिसनमा ‘भूमो’ गीत गाएका विनयका लागि त्यतिबेला चारै जना जजहरुले हरियो बर्जर बजाएका थिए।

उनको यो गीतको अडिसन भिडियो सामाजिक संजालमा भाइरल बनेको थियो। उद्यपी उनी दोश्रो चरणमै निराश हुनुपर्‍यो। उनले अब पुनः दर्शकको मन जित्ने अभियानमा लागेको बताउँदै त्यही सिलसिलामा ‘किन छिन् छिन्’ बोलको गीत रिलिज गरेको बताए। आफ्नो गीत श्रोताले मनपराउनेमा उनी आशावादी छन्।

विनय पछिल्लो समय यूट्यूब तथा टेलिभिजनमा लोकप्रिय रहेका टेलिश्रृखंलाहरुका पार्श्व संगीतकारसमेत हुन्। उनले ‘बुहारी’, ‘हल्कारा माइलो’, ‘जुठे’, ‘नारी’ गरी दर्जनबढि टेलिश्रृखंलाहरुका पार्श्व संगीत दिएका छन् ।

यस्तै यो गीतको भिडियो नितिन चन्दको निर्देशनमा तयार पारिएको छ। गीतको भिडियोमा श्रद्धा क्षेत्री, विक्राम पोखरेल तथा आरोही कार्की क्षेत्रीको अभिनय रहेको छ।

Skip This
Skip This
Logo