अभिनेत्री नन्दिता केसीको ‘बेबी बम्प’ फोटोसुट मोह, बधाईको लाग्यो ओइरो [तस्विरहरु]

अभिनेत्री नन्दिता केसीको ‘बेबी बम्प’ फोटोसुट मोह, बधाईको लाग्यो ओइरो [तस्विरहरु]

केन्द्रबिन्दु
186
Shares

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री नन्दिता केसी आमा बन्दैछिन्। उनले सामाजिक सञ्जालमार्फत बेबी बम्पको फोटो सार्वजनिक गरेकी हुन् । ‘नारीले पाएको मातृत्वको वरदान र पुरुषले पाएको जगत पिताको वरदान । सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेकी छु’ भनी स्टाटस खेल्दै शेयर गरेकी फोटोमा उनका शुभचिन्तक, फ्यान एवं कलाकारहरूको बधाई र शुभकामनाको ओइरो लागेको छ ।

पछिल्लो समय अमेरिकामा बस्दै आएकी नन्दिताले गत वर्ष लगनगाँठो कसेकी थिइन् । ४१ वर्षीया अभिनेत्री केसीले प्रेमी अरविन्द्र कटवालसँग विवाह गरेकी हुन् । उनीहरू हाल अमेरिका बस्दै आएका छन् ।

नन्दिता कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेकी अभिनेत्री हुन् । उनले ‘हामी तीन भाइ’, ‘भगवान् सबैको’, ‘सपना’, ‘माया नगर’ लगायत दुई दर्जन बढी फिल्म अभिनय गरेकी छन् । अधिकांश फिल्मलाई दर्शकले मन पराएका थिए । चलचित्र ‘इन्द्रेणी’बाट डेब्यु गरेकी नन्दिताको पछिल्लो चलचित्र ‘जंगबहादुरको कोट’ हो, जुन केही वर्षअघि रिलिज भएको थियो ।

Logo