काठमाडौं । गीतकार तथा गायक निर्मलराज पौडेलले नयाँ गीत ‘चिरबिर चरी मायालु परी’ बजारमा ल्याएका छन् ।
गीतको स्वरमा पौडेललाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् । पौडेल स्वयंको शब्द रचनाको गीतमा मोहित मुनालले संगीत भरेका छन् । मनिष पौडेलको निर्देशनमा रहेको भिडियोमा मोडलद्वय रोहन श्रेष्ठ र करुणा कार्की फिचर्ड छन् ।
वेलकम एभी प्रोडक्सनले तयार पारेको एक मायालु जोडीको कथा भन्ने यस गीतको भिडियोलाई दिपिका थापाले खिचेकी हुृन् । निर्मलराज पौडेल नामक युट्युव च्यानलबाट सार्वजनिक भएको यस भिडियोले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए ।
यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ ( छप्प नाचौँ”, “यसपालि को तीज रमाइलो” र “बडा दसैँ बडा दसैँ, हर्षको आगमन” गीतहरू पनि सार्वजनिक भएका थिए ।





























प्रतिक्रिया