काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी सुन्दरी नायिका हुन्, वर्षा शिवाकोटी । उनको सुन्दरताको चर्चा चलि नै रहन्छ । फिल्मसँगै म्युजिक भिडियोमा पनि निकै व्यस्त रहने उनी सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहने गर्छिन् । कहिले विदेशका सामुन्द्रिक किनारमा बिकिनी अवतार त कहिले विभिन्न डिजाइनका पोशाकमा आफ्नो हट अवतार शेयर गरिरहन्छिन् ।

सामाजिक सञ्जालमा उनको फ्यान फलोइङ पनि उत्तिकै राम्रो छ । पछिल्लो समय हिट फिल्म ‘छक्का पञ्जा ५’ दिएकी उनी अन्य फिल्मको लाइनअपमा छिन् । हालै उनले सामाजिक सञ्जालमा शेयर गरेको ग्ल्यामर तस्विरले पनि उछाल ल्याएको छ, कालो पहिरनमा सजिएकी उनको मन्त्रमुग्ध भएर प्रशंसा गर्नेको कमी देखिँदैन ।





































प्रतिक्रिया