काठमाडौं । कलाकारहरुले होलाी कसरी मनाए होलान् भन्ने सवैलाई चासो बन्ने गर्छ । सदा झै यस वर्ष पनि अभिनेत्री करिश्मा मानन्धरको घरमा भएको होलीले कलाकारलाई जमघट गराइदियो । अभिनेत्री करिश्मा मानन्धरले गोदावरीस्थित घरमा फागु पर्वको अवसरमा कलाकारको होली आयोजना गर्छिन् । यसवर्ष पनि विहिबार करिश्मा निवासमा कलाकारले जमेरै होली खेले ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, निखिल उप्रेती, संचिता लुइँटेल, सरोज खनाल, युवराज चौलागाईं लगायतका कलाकारले एकापसमा रङ दलेर फागु पर्व मनाए । नाचगान गर्दै रमाइलो पनि गरे ।
करिश्माले आफू निकट कलाकार र संचारकर्मीलाई निवासमा बोलाएकी थिइन् । घरको पुननिर्माणपछि पहिलोपटक करिश्माले होली आयोजना गरेकी हुन् । मानन्धर निवासमा वर्षेनी हुने होली समारोह फिल्मकर्मीको लागि विशेष हुनेगर्छ ।





























प्रतिक्रिया