काठमाडाैं । गायिका समीक्षा अधिकारी पछिल्लो समय नेपाली चलचित्रमा पार्श्व गायनमा आफ्नो दमदार उपस्थिति जनाउँदै अघि बढिरहेकी छन्। उनका गीतहरू एकपछि अर्को सुपर हिट भइरहेको छ, जसले गर्दा उनी नेपाली चलचित्र सङ्गीतकी महत्त्वपूर्ण नाम बनिसकेकी छन्।
हाल नेपाली संगीत क्षेत्रमा ‘मोस्ट डिमान्डेड’ गायिकामा पर्छिन उनी । हरेक दिन गीत रेकर्डिङदेखि स्टेज शोसम्ममा भ्याइनभ्याइ हुन्छिन। समीक्षा मुख्यगरी लोकपप, तीज गीत र आधुनिक शैलीका गीतहरू गाउँछिन्। उनको गायन शैलीमा युवा पुस्ताको आकर्षण र परम्परागत स्वादको मिश्रण पाइन्छ, जसले उनलाई बहुमुखी गायिकाको रूपमा स्थापित गरेको छ।

हालै उनी अष्ट्रेलियाको वेरी बिचमा रातो पहिरनमा खुलेकी छन् । उनकाे सुन्दरताकाे सबैले प्रशंसा गरेका छन् ।

समीक्षा को साङ्गीतिक यात्रा औपचारिक रूपमा चलचित्र ‘नाइँ नभन्नु ल ५’ को गीत ‘बालापनको उमेर’बाट सुरु भएको मानिन्छ। यो गीतले उनलाई दर्शक र सर्जकहरूबीच मज्जाले चिनायो। त्यसपछि उनले नेपाली गीतसंगीत क्षेत्रमा पछि फर्केर हेर्नु परेको छैन । हाल उनी दिदी शर्मिला अधिकारीसँगै अस्ट्रेलियामा बस्दै आएकी छिन् ।
केही दिनअघि मात्रै समीक्षा र प्रकाश शपुतद्धारा रचित ‘हेर्दै आँखामा’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसअघि समीक्षाको पानबुट्टे रुमाल, दुश्मन हेरेको हेरेलगायत थुप्पै गीतहरु युट्युवमा सार्वजनिक छन् ।



































प्रतिक्रिया