‘समर लभ’ अभिनेता आशिष पियाले ‘अमिगोज्’बाट कमव्याक गर्ने

‘समर लभ’ अभिनेता आशिष पियाले ‘अमिगोज्’बाट कमव्याक गर्ने

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित रहेर निर्माण भएको सिनेमा ‘समर लभ’बाट नेपाली सिनेमामा डेव्यु गरेका अभिनेता आशिष पिया पुनः ठुलो पर्दाको सिनेमामा कमव्याक गर्ने भएको छन् ।

‘समर लभ’ रिलिजको ५ वर्षपछि उनी ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् ।

उनले अभिनय गर्ने लभस्टोरी सिनेमा ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ । यो सिनेमाको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली सिनेमाको लेखन तथा निर्देशनमा कमव्याक गर्दैछन् ।

उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।

बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने लभस्टोरी सिनेमा ‘अमिगोस’लाई विकास आचार्यले निर्माण गर्नेछन् । उनले पहिलो पटक सिनेमा निर्माणमा हात हालेका हुन् । सुरेन्द्र रावल सह–निर्माता रहेको सिनेमाको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।

हाल सिनेमाका लागि २ मुख्य कलाकारको खोजी भैरहेको निर्माण टिमले जानकारी दिएको छ । केही दिनमा मुख्य भूमिकामा काम गर्ने आशिष वाहेकका एक अभिनेता र एक अभिनेत्रीको टुङ्गो लाग्ने निर्माण टिमले जानकारी दिएको छ ।

Logo