अभिनेत्री नीति शाह बाँधिइन् विवाह बन्धनमा

अभिनेत्री नीति शाह बाँधिइन् विवाह बन्धनमा

केन्द्रबिन्दु
378
Shares

काठमाडौं । अभिनेत्री तथा मोडल नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी हुन् । न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी हुन् । प्रेमी राणा पेशाले एरोस्पेस इन्जिनियर हुन् । उनीहरु दुवैजना लामोसमयदेखि प्रेम सम्बन्धमा रहेका थिए । यता नीति शाह ‘मिस नेपाल इन्टरनेशनल २०१७’ को विजेता हुन् ।

‘खजुरे ब्रो’बाट फिल्मको अभिनयमा डेब्यु गरेकी उनले हाल महानायक राजेश हमालसँग जोडी बाँध्दै ‘नरसिंहा अवतार’मा हलमा आउँदैछिन् । उनले फिल्म ‘ज्वाइँ साब’बाट पनि राम्रो चर्चा कमाएकी थिइन् ।

Logo