काठमाडौं । नेपाली चलचित्र जगतकी उदाउँदाे नायिका हुन्, दिव्या रायमाझी । उनी आफ्नो सुन्दरता, अभिनय क्षमताका कारण धेरै फ्यानहरूमाझ लोकप्रिय छिन्।
दिव्या नेपाली चलचित्र उद्योगमा कुनैबेला राम्रै छाप छाडेका नायक दिलिप रायमाझीकी छोरी हुन् । सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि माथ खुवाउन सक्ने दिव्यालाई दिलिपले नै नेपाली चलचित्रमा भित्र्याएका हुन् । अमेरिका बस्दै आएकी दिव्याले नेपाल आएसँगै दुईवटा फिल्ममा अभिनय गरिसकेकी छिन्।

अमेरिकामा पढेर उतै जागिर गरिरहेकी उनी अभिनेत्री बन्नकै लागि जागिर छाडेर गएको वर्ष मात्रै नेपाल आएकी हुन् । उनी बुवा जस्तो चुलबुले छैनन् । बुवा जस्तो शाकाहारी पनि होइनन् । परिवारकी एक्ली सन्तान हुन्, तर उनी सौम्य छिन् र परिपक्क छिन् ।

उनले नेपाल आएलगत्तै चलचित्र ‘एक्टर’बाट डेब्यू गर्ने मौका पाइन् । यो फिल्मलै राम्रै सफलता बटुल्दा दिव्यालाई सहज बन्यो । त्यसपछि उनको दोस्रो फिल्म पिताम्बर पनि नयाँ वर्षको अवसर पारेर रिलिज भइसकेको छ र राम्रै कमाइ गरिरहेको छ । उनी दुवै फिल्ममा नायक प्रदीप खड्कासँग देखिएकी छन् ।

अहिलेसम्म दिव्याको चर्चामा स्टार किड्स अर्थात् दिलिप रायमाझीकी छोरी भनेर ट्याग लाग्ने गरेको छ । अब उनका लागि मुख्य चुनौती आफ्नै पहिचान बनाउनु हो। दिनहुँ हजारौं युवाले देश छाडिरहेको बखत उनी स्वदेश फर्किइन्, करियर बनाउन भन्दै । यो पनि उनको चुनौती हो । उनले चलचित्र ‘माया प्रीति’ पनि गर्दैछिन्, जुन फिल्मले नयाँ पुस्ताको प्रेम कथा बोल्ने बताइएको छ ।

दिव्या रायमाझी सामाजिक सञ्जालमा पनि सक्रिय छिन्। उनकाे सुन्दरता उनका फ्यानहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ। उनका सुन्दर तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा रुचाइएका छन्। उनको आकर्षक व्यक्तित्व र सुन्दरताले धेरैलाई मोहित बनाएको छ र यही कारणले पनि उनका फ्यानहरूको संख्या बढ्दै गएको छ।



















































प्रतिक्रिया