काठमाडौं । नेपाल चलचित्र विकास बोर्डले समस्यामा परेका चलचित्रकर्मीहरुलाई आर्थिक सहयोग गरेको छ ।
बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याणकारी कोषमार्फत चलचित्र प्राविधिक तथ छायांकार उमेश श्रेष्ठलाई एक लाख रुपैयाँलाई सहयोग गरिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए । श्रेष्ठ कलेजोको रोगबाट पीडित छन् । यसैगरी कृष्णप्रसाद तिमिल्सिनालाई काजकिरिया खर्चवापत ५० हजार रुपैयाँ सहयोग गरिएको छ भने कलाकार गोकुल सुवेदीलाई पनि ४० हजार रुपैयाँ सहयोग गरेको बताइएको छ । उनको दुर्घटनामा पर्दा २ वटै खुट्टा भाँचिएका छन् ।
यता चलचित्र निर्देशक सन्तोष ढकाललाई एक लाख रुपैयाँ सहयोग गरिएको छ । उनी ब्रेन ह्यामरेजबाट पीडित छन् ।
बोर्डले आगामी दिनमा पनि समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोगमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।





























प्रतिक्रिया