गायिका शान्ती श्री परियारको स्वरमा ‘वनको तरुल’ सार्वजनिक [भिडियाे]

गायिका शान्ती श्री परियारको स्वरमा ‘वनको तरुल’ सार्वजनिक [भिडियाे]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । चर्चित गायिका शान्ती श्री परियारको सुमधुर आवाजमा मौलिक लोकगीत ‘वनको तरुल’ सार्वजनिक भएको छ । स्वरमा परियारलाई विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीकाे पनि साथ रहेकाे छ ।

‘वनको तरुल’मा विक्रमवाबु विश्वकर्माकै शब्द र संगीत रहेकाे छ । मौलिकता हराउँदै गइरहेको वर्तमान समयमा यस्ता गीतहरू आउनु नेपाली गीत संगीतका लागि सकारात्मक संकेत मानिएको छ । गीतकार तथा संगीतकार विश्वकर्माले यसअघि ‘नन्दनी’, ‘लौननी भैया’, ‘डोरी बाटेर’, ‘देउन त्यो मन’, ‘कौवा करायो’ लगायत दर्जनौं हिट गीतहरू सिर्जना गरिसकेका छन् ।

विश्वास नेपालले संगीत संयोजन गरेको यस गीतको भिडियोलाई सुनिल भण्डारीले छायांकन गरेका हुन् भने नविन धर्ति मगरले सम्पादन गरेका छन्। कमल भक्तको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा सरद एल जी, गोविन्द विवस र कृपा पौडेलको आकर्षक अभिनय देख्न सकिन्छ।

विक्रमवाबु विश्वकर्माको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको ‘वनको तरुल’ ले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ।

Skip This
Skip This
Logo