गायक तथा संगीतकार गौरव दर्पण सम्मानित

गायक तथा संगीतकार गौरव दर्पण सम्मानित

केन्द्रबिन्दु
72
Shares

मोरङ । मोरङकाे पथरी शनिश्चरे नगरपालिकाले कला साहित्य प्रवर्धन समितिको मनोनयनमा परेका गायक तथा संगीतकार गौरव दर्पणलाई “वर्ष श्रष्टा सम्मान-२०८१” ले सम्मान गरेको छ।

उनलाई दोसल्ला,मुहार चित्र, नगद २५००० रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरिएकाे हाे ।

२ दशक देखि नेपाली गीत-संगीतको माध्यम बाट कला साहित्य प्रवर्धनमा लागेका गौरवले रचना गरेर गाएको “पुर्बै रमाईलो” बोलको गीत देश विदेशमा छरिएर बसेका नेपालीहरु माझ लोकप्रिय छ।

यस क्षेत्रमा राम्रो सिर्जनात्मक क्षमता भएका गायक/संगीतकार गौरव दर्पणले २०० भन्दा बढि गीतहरुमा संगीत भरि सकेका छन् । साथै उनको आवाजमा ३ वटा गीती एल्वमहरु प्रकाशित छन भने २ वटा एल्वममा उनको एकल संगीत रहेको छ।

पथरी शनिश्चरे नगरपालिकामा गठित कला साहित्य प्रवर्धन समितिले यसअघि पनि हरेक वर्ष १ जना कला-साहित्यमा लामो समय योगदान गरेका श्रष्टाहरुलाई वर्ष श्रष्टा सम्मान बाट सम्मान गर्दै आइरहेकोमा यो वर्ष गायक/संगीतकार गौरव दर्पणलाई सम्मान गरेको हो।

कला साहित्य प्रवर्धन समिति,पथरी शनिस्चरे नगरपालिकाले आयोजना गरेको “प्रथम पथरी-शनिश्चरे सिङगिङ एण्ड डान्सिङ आईडल” कार्यक्रमको समापन संगै उक्त समारोहमा उपाधि विजेता कलाकारहरुलाई पुरस्कार वितरण र श्रष्टा सम्मानको कार्यक्रम राखेको थियो।

उक्त कार्यक्रममा गायन तर्फ मुख्य निर्णायकको भूमिकामा रहेका गौरव दर्पणले गायन तर्फका विजेतालाई आफ्नो ब्यक्तिगत र सुर संगम रेकर्डिङ स्टुडियो,काठमाडाैंसंगको सहकार्य मार्फत नि:शुल्क एउटा गीत रेकर्डिङको अवसर प्रदान गर्ने समेत घोषणा गरे।

Logo