काठमाडौं । वर्षा शिवाकोटी नेपाली फिल्म उद्योगकी एक चर्चित र व्यस्त नायिका हुन्। अभिनयका साथै आफ्नो सुन्दरता र आकर्षक व्यक्तित्वका कारण पनि उनी सधैं चर्चामा रहन्छिन्।
वर्षा पछिल्लो समय आफ्नो फिटनेसमा विशेष ध्यान दिइरहेकी छिन्। सामाजिक सञ्जालमा सक्रिय वर्षाले हालै जिममा कसरत गर्दै गरेको आफ्ना आकर्षक तस्बिरहरु सार्वजनिक गरेकी छिन्, जसले उनका प्रशंसकहरूमाझ चर्चा बटुलेको छ।

तस्बिरमा वर्षा गुलाबी रङको स्पोर्ट्स वेयरमा देखिएकी छिन्, जसमा उनी डम्बेल उठाएर ‘डेडलिफ्ट’ जस्तो मुद्रामा पोज दिएकी छिन्। उनको फिट शरीर र आत्मविश्वासपूर्ण हाउभाउले शारीरिक व्यायामप्रतिको उनको समर्पणलाई प्रस्ट पारेको छ।
वर्षा अभिनित चलचित्र ‘माग्ने राजा’ आगामी भदौ ६ गते रिलिज हुँदै छ ।
































प्रतिक्रिया