काठमाडाैं । गीतकार नारायण खतिवडाको अर्को एक नयाँ सन्देशमूलक गीतको भिडियो सार्वजनिक भएको छ । नमस्ते नेपाल डिजिटल स्टुडियोबाट सार्वजनिक भएको गीतले प्रेममा पवित्रता, विश्वास, त्याग र समर्पण भएमा मात्रै सफल हुने सन्देश दिएको छ ।
आजभोलि मानिसहरूको आपसी सम्बन्धमा पवित्रता भन्दा पनि धन दौलतको प्राप्ती र स्वार्थ पूरा गर्ने माध्यम बन्दै गइरहेको पाइन्छ । मानिसहरूवीचको सम्बन्ध बजारमा किनवेच हुने बस्तु जस्तो भएको अवस्थालाई चित्रण गर्दै गीतकारले “गङ्गा जल चाहिदैन मन सफा भए पुग्छ” भन्ने जस्ता शब्दले सम्बन्ध र मीत्रतामा पवित्रता हुनुपर्ने भावार्थ बोकेको छ ।
गीतको भिडियोमा अर्जुन कटुवाल र अबिशा थापामगरको अभिनय रहेकाे छ | गीतको मुख्य सन्देश रूखमुनिकै वास किन नहोस् साचो प्रेम सत्यता, पवित्रता र आपसी विश्वासमा टिकेको हुन्छ भन्ने सन्देश छ ।
भिडियोको छायांकन तथा दृष्य सम्पादन अर्जुन खड्काको रहेको छ । गीतको उल्लेखनीय पक्ष गीतको भिडियोको निर्देशनसमेत गीतकार खतिवडा आफैंको रहेको छ ।































प्रतिक्रिया