नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले चालू आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति समग्रमा सकारात्मक रहेको बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक पछि केन्द्रबिन्दुसँग छाेटाे प्रतिक्रिया दिदै यस्तो बताएका हुन। कोरोना महामारीबाट थलिएको साना तथा ठूला उद्योग व्यवसायलाई लक्षित गरी ल्याइएका विभिन्न योजनाहरू निजी क्षेत्रमैत्री रहेको छ। उनले भने,`बजेटमा समावेश गरेका कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी उघाेग व्यवसायीमैत्री मौद्रिक नीति आएकाले स्वागत गर्नुपर्छ।´
गत वर्ष ल्याइएको मौद्रिक नीतिमा समावेश भएका अधिकांश लोकप्रिय नीतिहरूलाई यो वर्ष पनि निरन्तरता दिइएकाले निजी क्षेत्र थप उत्साहित रहेको पनि उनको भनाइ छ । कोरोना भाइरसको महामारीबाट ग्रस्त बनेका उद्योग व्यवसायको पुनःउत्थान काकार्यक्रम, विद्युतीय भुक्तानीलाई प्राथमिकता, बैंक तथा वित्तीय संस्थाको मर्जरमा प्रोत्सान गर्ने नीति, साना तथा मझौला उद्योगका लागि ल्याइएको कर्जा नीतिलगायत नीतिहरू मौद्रिक नीतिको प्रमुख विशेषतासहित आएको छ।
उनले उनले भने,` प्रभाबकारी कार्यान्वयन भए यसले समग्रमा मुलुकको अर्थतन्त्र उकास्न मद्दत पुर्याउन सक्छ ।´ मौद्रिक नीतिमा उद्योगी/व्यवसायीको हितमा धेरै बुँदा उल्लेख गरिएकाले यो उद्योग तथा व्यवसायमैत्री रहेको उनकाे भनाइ छ।































प्रतिक्रिया