‘सक्किगोनी’को डिजिटल राइटस् अब ‘जेपिटी क्रिएसन’ कै स्वामित्वमा

‘सक्किगोनी’को डिजिटल राइटस् अब ‘जेपिटी क्रिएसन’ कै स्वामित्वमा

केन्द्रबिन्दु
0
Shares

चर्चित हाँस्यटेलिसिरियल ‘सक्किगोनी’ अब आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ। यसअघि ‘ओएसआर डिजिटल’ मार्फत् सार्वजनिक हुँदै आएपनि हाल ओएसआरसँगको सम्झौता अवधि सकिएको र नयाँ सम्झौता नभएका कारण निर्माण टिमले आफ्नै च्यानलमार्फत कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो।

अब, आफ्नै युट्युव च्यानल जेपिटी (जिग्री पाँडे टिम) क्रिएसन अफिसियलबाट सार्वजनिक गर्ने तयारी भएको हो। विहीबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियल बाट ‘सक्किगोनी’ हेर्न सकिन्छ। 

ओएसआर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको ‘सक्किगोनी’का कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए।

‘ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो, तैपनि ६० भाग प्रसारण भइसकेको छ। अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं,’ कट्टेलले भने, ‘लामो समयदेखि सक्किगोनी जस्तो सिरियल आफ्नै आधिकारिक युट्युव च्यानलबाट आउनु पर्ने शुभचिन्तकहरुको माग पनि सम्बोधन हुनेछ।’

जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसँग डिजिटिल राइटस्को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने स्पष्ट पारे। आफ्नै आधिकारिक युट्युव च्यानलमार्फत् आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाइ रहेको छ।

Skip This
Skip This
Logo