अमेरिकन मोडल किम कार्दशिन आफ्नो पहिरनले भइन् ट्रोल

अमेरिकन मोडल किम कार्दशिन आफ्नो पहिरनले भइन् ट्रोल


गत वर्ष महामारीको कारण मेट गाला रद्द भएपछि यस वर्षको मेट गाला २०२१ सोमबार अमेरिकाको न्यूयोर्क शहरमा धुमधामसँग आयोजना गरियो ।

मेट गाला कला र पोशाकको संस्थान मेट्रोपोलिटिन म्यूजियम अफ आर्ट एण्ड कस्ट्युमको लागि एक कोष उठाउने कार्यक्रम हो, जहाँ हलिउडका चर्चित मोडल तथा स्टारहरुको सबैभन्दा राम्रो देखिने, कसले राम्रो पहिरन प्रदर्शन गर्ने भन्ने हुन्छ ।

यस वर्ष मेट गालाको आधिकारिक थिम अमेरिकन स्वतन्त्रता थियो, जसका कारण धेरै स्टारहरु भिन्न–भिन्न रुपमा देखिएका थिए ।

कार्यक्रममा लोकप्रिय अमेरिकन मोडल किम कार्दशिनले कालो लुगा लगाएर सबैको ध्यान आफूतिर खिचिन् ।  

मोडल किमले मेट गालाको गुलाबी कार्पेटमा आफ्नो शरीर पुरै कालो पोशाकले ढाकेर आइन् । उनको अनुहार पनि पूरै कालो कपडाले ढाकिएको थियो, जहाँ धेरै दर्शकले उनको रचनात्मकताको प्रशंसा गरिरहेका थिए । तर सोशल मिडियामा भने उनलाई केहीले नराम्रो तरिकाले ट्रोल बनाइरहेका छन् ।

किम यसरी भइन् ट्रोल

जब किमको शरीर पुरै कालो कपडाले ढाकेको फोटोहरु सोशल मिडियामा सार्वजनिक भए । त्यसपछि भने केही सोशल मिडिया प्रयोगकर्ताहरुले किमको कपडालाई अफगानिस्तानमा बुर्का लगाएका महिलाहरुसँग तुलना गरिरहेका छन् भने केहीले किमले अफगानिस्तानको लागि यस्तो रुप अपनाएको समेत भनिरहेका छन् ।

यी स्टारहरु पनि चर्चामा रहे

लोकप्रिय पप गायिका रिहाना कालो लामो गाऊन र टोपी लगाएर कार्यक्रममा पुगिन् । यससँगै उनले चाँदीका गहनाहरु त्यसमा जोडेकी थिइन् ।

यस्तै केन्डर जेनर गोल्डेन रंगको पारदर्शी पोशाकमा मेट गालामा पुगेकी थिइन् । उनको डिजाइनर पोशाक क्रिस्टलबाट बनेको थियो ।

त्यस्तै जेनिफर हडसन एक रातो बडी फिडेट ड्रेससँगै लामो भुइँसम्म लत्रिने ज्याकेट लगाएर कार्यक्रममा पुगेकी थिइन् ।

यस्तै लोकप्रिय र्यापर लिल नास एक्सले रोयल लुक अपनाउँदै गोल्डेन रंगको पोशाक लगाएका थिए, जसको भित्र गोल्डेन रोबोटिक कपडाहरु समेत थिए ।  

 

Logo