नीता र हरिहरको नयाँ भजन ‘जय नीलकण्ठ’ बजारमा (भिडियो)

नीता र हरिहरको नयाँ भजन ‘जय नीलकण्ठ’ बजारमा (भिडियो)

केन्द्रबिन्दु
0
Shares

ज्योतिष तथा कालकार हरिहर अधिकारी र कलाकार नीता ढुंगानाको अभिनयमा नयाँ भजन ‘जय नीलकण्ठ’ सार्वजनिक गरिएको छ। 

गीतमा गायक सुगम पोखरेलको आवाज तथा विशाल निरौलाको संगीत र ज्योतिष अधिकारीकै शब्द सुन्न सकिन्छ। 

भजनको म्युजिक भिडियोलाई कलाकार नीता ढुंगानाले नै निर्देशन गरेकी हुन्। रामजी लामिछानेको कोरियोग्राफिमा तयार भिडियोमा पोखराका विभिन्न रमणीय दृष्य समावेस छन्। भिडियोलाई सिनेमेटोग्राफर सञ्जय लामाले खिचेका हुन् भने बनिस शाहको सम्पादन रहेको छ।

नीता फिल्सको ब्यानरमा तयार भिडियोलाई मार्गदर्शन यूट्यूव च्यानलमा सार्वजनिक गरिएको छ। यसअघि नीता फिल्सको ब्यानरबाट गणेश भजन सार्वजनिक गरिएको थियो।

 

Logo