चर्चित हाँस्य कलाकार मनोज गजुरेलले ८० वर्षिया आमा इन्द्रमाया गजुरेलको हातबाट विजयादशमीको टीका लगाएका छन्।
उनले आज बिहान १० बजेर २ मिनेटको शुभसाइतमा आमाको हातबाट टीका लगाएका हुन्।
उनको घरमा दसैंको टीका ग्रहण गर्नका लागि आफन्त र साथीभाइको भीड लागेको गजुरेलले सामाजिक संजालबाट जानकारी दिएका छन्।
मनोज गजुरेल केही दिन अघि मात्र वैवाहिक जीवनमा बाँधिएका थिए।
प्रतिक्रिया