केपी ओलीको आँखाको इसारामा जब विल्सन विक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे…

केपी ओलीको आँखाको इसारामा जब विल्सन विक्रमले उड्नै लागेको फ्लाइट क्यान्सिल गरे…

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल गृहजिल्ला झापाको भ्रमणमा छन्। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट भद्रपुर ओर्लिए। भद्रपुरमा उनको जम्काभेट कलाकार विल्सन विक्रम राईसँग भयो। राई आफैं पनि ओलीका फ्यान।

त्यसमाथि ओलीले पनि रुचाएका एवं गृहजिल्लाबासी कलाकार। भद्रपुर विमानस्थलमा राईसँग अध्यक्ष ओलीको आँखा जुध्यो। इसारामै ओलीले सोधे कता हो? जवाफमा आँखाको इशारामै विल्सनले काठमाडौं जान लागेको भने। ओलीले हुँदैन यतै रोकिन भने इशारामै। विल्सनले 'म जान लागेको हुँदैन'? भने आँखाको इशारामै।

ओलीले आँखाको इशारामै कडा रुपमा तपाईँ यतै रोकिनुस्, नजानुस् भने पछि विल्सन रोकिए। ओलीलाई विल्सन रोकिएलान् जस्तो लागेको थिएन।

तर एकैपटक भद्रपुर-१ पृथ्वीनगरस्थित पिता मोहन ओलीको घरमा विल्सनलाई देखेपछि ओलीले सोधे, तपाईँ पनि यता, टिकट क्यान्सिल गर्नुभयो?

यो कुरा विल्सन स्वयंले अध्यक्ष ओलीकै अगाडि भनेका हुन्। बिर्तामोडमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ता हँसाउन आएका विल्सनले ओलीलाई हसाउँदै आफू कसरी कार्यक्रममा आएको जानकारी गराए।

लिम्बुको छोरा, नेम्वाङको भाञ्जा भन्दै उनले सुवास नेम्वाङलाई मामा पर्ने भन्दै सेवारो (नमस्ते) भने। अनि ओलीसँग आफ्नो छुट्टै सम्बन्ध रहेको आँखा झिम्केपछि त्यसको भाव बुझिहाल्ने बताए। ओलीको आग्रहमा आफूले काठमाडौंको टिकट क्यान्सिल गरेर कार्यक्रममा सहभागी भएको उनले सुनाए।

उपस्थित नेता कार्यकर्तालाई हँसाउने क्रममा विल्सनले केही जोकका साथै गीत पनि गाएका थिए। उनको प्रस्तुतिमा नेता कार्यकर्तासँगै अध्यक्ष ओली पनि मख्ख थिए। विल्सन ओलीका पिता मोहन ओलीको घरदेखि प्रवेश कार्यक्रममा आफ्नो प्रस्तुतिसँग सँगै थिए। ओलीले पनि आफ्नो सम्बोधनमा विल्सनलाई सम्झिएका थिए। 

कार्यक्रममा काठमाडौंमा कलाकार राजा रानेन्द्र र गायिका पूर्णकला बिसी पनि पुगेका थिए। उनीहरुले पनि आ-आफ्नो प्रस्तुति दिएका थिए।न्युज कारखाना

Skip This
Skip This
Logo