कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुँदै

कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुँदै

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ। चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो।

प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ। 

कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको कथालाई चलचित्रमा ल्याउनसँगै दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको ग्रुपका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए। उनका अनुसार कार्यशाला एक हप्तासम्म सञ्‍चालन हुनेछ। कार्यशालामा कर्णालीका दश जिल्लाबाट चलचित्र क्षेत्रमा रुचि भएका दुई/दुई जनालाई सहभागी गराइने उनले जानकारी दिए।

कार्यशालामा सहभागी हुन भने दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिएर प्रि–प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सनअन्तर्गत चलचित्र अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाङ्‍कन, सम्पादन र अभिनयलगायत विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।

सहभागीहरूलाई चलचित्रकर्मीहरू शिवम् अधिकारी, दयाराम दाहाल, नीर शाहलगायतले प्रशिक्षण दिनेछन्। चलचित्र छायाङ्‍कनको सम्भावना रहे पनि हालसम्म कर्णालीलाई समेट्न नसकिएले अध्यक्ष खड्का बताउँछन्। 

गीतकार तथा संगीतकार हरि विष्टले चलचित्र क्षेत्रमा कर्णालीबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्‍ने विश्वास व्यक्त गरे। उनले कार्यशालाबाट उत्पादन भएका एक जनालाई रोजगारको समेत सुनिश्‍चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

Skip This
Skip This
Logo