वर्ष २०२२ को आधाआधि वर्ष बितिसक्दा बलिउड बक्स अफिसको आकडालाई हेर्ने हो भने दक्षिण भारतका फिल्महरुले निकै राम्रो व्यापार गरेका छन् । हालैका फिल्महरुको गुणस्तर र उसले गरेको व्यापारलाई हेर्दा ती फिल्महरु भारतमा मात्र नभएर विश्वव्यापी रुपमै सबै वर्गका दर्शकहरुले मन पराइएको देखिन्छ । हालै रिलिज भएको 'साउर्थ विक्रम’ फिल्मले विश्वभर ४ सय करोडको व्यापार गरेको छ ।
सन् २०२२ मा साउथबाट बक्स अफिसको सुरुवात एसएस राजामैलीको सुपरहिट फिल्म 'आरआरआर' बाट भएको थियो । जसले विश्वभर १ हजार १४४ करोडको व्यापार गरेको थियो । यस्तै सन् २०१८ मा रिलिज भएको केजीएफको सिक्वेल 'केजीएफ च्याप्टर-२' ले विश्वब्यापी रुपमा १२ सय करोडको व्यापार गरेको छ । यी तीनै साउथ इन्डियन फिल्मको बक्स अफिसको कमाईलाई जोड्दा २७ सय करोड साउथ फिल्म उद्योगबाट मात्र आधा वर्षमा गरिसकेको छ ।
६ महिना बितिसक्दा बलिउडको अवस्था भने निकै नाजुक छ । ६ महिनाको अवधिमा बलिउडको एक मात्र फिल्म ‘द कश्मीर फाइल’ बक्सअफिस र दर्शककाे राेजाइमा पर्न सफल भयो । विवेक अग्निहोत्रीको निर्देशनमा बनेको ‘द कश्मीर फाइल’ले विश्वव्यापीरुपमा ३३९ करोडको व्यापार गरेको थियो ।
यो वर्ष आफ्नो बजेट पनि उठाउन नसक्ने १० बलिउड फिल्महरु…
नाम बजेट कलेक्सन
१. जुग जुग जिओ १ सय ५ करोड ५३.६६ करोड
२ पृथ्वी राज ३ सय करोड ७०.३३ करोड
३. निकम्मा २८ करोड १.५१ करोड
४.जनहित मे जारी २० करोड ४.११ करोड
५. अनेक ४५ करोड ७ करोड
६. ढक्कड ८५ करोड २.९४ करोड
७. जयस भाइ ९० करोड १४.९५ करोड
८. रन वे ३४ ६५ करोड २९.२५ करोड
९. हिरोपन्ती २ ८५ करोड २४.३५ करोड
१०. बच्चन पान्डे १ सय ६५ करोड ४९.४८ करोड
प्रतिक्रिया