अभिनेत्री नीता र हरिहरको बिहे असार २४ मा

अभिनेत्री नीता र हरिहरको बिहे असार २४ मा

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री नीताले असार २४ मा हरिहरसँग विवाह गर्ने भएकी छन् । 

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी असार २४ गते विवाह बन्धनमा बाँधिन लागेका हुन् । स्रोतका अनुसार नीता र हरिहर चार वर्षदेखि प्रेममा थिए । उनीहरुको विवाहको कार्ड आइतबार सार्वजनिक गरिएको हो । 

उनिहरुको विवाह समारोह दरबारमार्गस्थित होटल याक एन्ड यतीमा हुनेछ । यो जोडी ‘ह्रस्वु डिर्घ’ फिल्म बनाउने तयारीमा छ । उनीहरुले आफ्नो फिल्मका लागि दक्षिण भारतका कलाकारसँग सम्झौता गर्दै आएका छन् । केही दिनअघि मात्रै निर्माण कम्पनीले दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता ब्रह्मानन्दनलाई आफ्नो फिल्म ‘ह्रस्वु डिर्घ’का लागि अनुबन्ध गरसिकेको छ । 

ब्रह्मानन्दनले विश्वमा सबैभन्दा धेरै फिल्म बनाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको थियो । ब्रह्मानन्दनसँगै, प्रदीप राज रावत, सुनील वर्मा, अली लगायत अन्य दक्षिण भारतीय कलाकारहरू पनि ढुंगाना र अधिकारीलाई आफ्नो फिल्म हर्स्व डिर्घामा सामेल भएका छन् । 

बाल कलाकारको हैसियतमा अभिनय सुरु गरेकी अभिनेत्री ढुंगानाले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छन् भने अधिकारी पेशाले ज्योतिषी भएकाले टेलिभिजनमा ज्योतिष सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

Logo