आमिर खानको ‘लाल सिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षा बन्धन’ले दर्शकलाई सिनेमाघरहरुले खोजीरहेको छ ।
यी दुई फिल्मले यति नराम्रो मोड लिन्छ भन्ने कसैले सोचेकै थिएन । पाँच दिन बितिसक्दा पनि दुवै फिल्मले ५० करोडको आँकडा पनि पार गर्न सकेका छैनन् ।
यी दुई फिल्म फ्लप हुनुका पछाडि धेरै कारण मध्ये एक यी दुई ठूला चलचित्र एकसाथ प्रदर्शनलाई पनि मानिएको छ । एकसाथ भएको प्रदर्शनी र दुई ठुला अभिनेताको फ्यान बिचको द्वन्द्वका कारण निर्मातालाई पनि नोक्सान भएको बताइएको छ ।
यो वर्ष अझै धेरै ठूला चलचित्रको एकअर्कासँग प्रतिस्पर्धा हुने भएको छ । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ को बक्सअफिसलाई हेरेर यिनीहरुबाट निर्माताले केही नसिक्ने हो भने व्यापारमा नोक्सानी हुनसक्ने सम्भावना प्रबल रहेको छ ।
यसबर्ष एकसाथ रिजिज हुने केहि फिल्महरु
ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधा ३० सेप्टेम्बरमा रिलिज हुँदैछ । यसैगरी मणिरत्नमको तमिल पिरियड फिल्म ‘पोन्नियान सेल्वान पार्ट १’ पनि सोही दिन रिलिज हुँदैछ । फिल्मबाट ऐश्वर्या राई कमव्याक गर्दैछिन् । आजकल साउथका फिल्महरूले जसरी ब्यापार गरिरहेका छन्, त्यसले ‘विक्रम वेधा’को बक्स अफिसमा पक्कै पनि फरक पार्न सक्छ ।
यस्तै कंगना रनौतको फिल्म ‘तेजस’ अक्टोबर ५ दशहरा पर्बको अवसरमा रिलिज हुँदैछ । लगतै दुई दिनपछि ‘गुडबाय’ शुक्रबार अक्टोबर ७ मा रिलिज हुँदैछ । फिल्ममा रश्मिका मन्डन्ना, अमिताभ बच्चन र नीना गुप्ताको अभिनय रहेको छ । यसबाहेक ‘मिस्टर एण्ड मिसेस माही’ पनि ७ गते नै आउनेछ । यसमा राजकुमार राव र जान्हवी कपूर मुख्य भूमिकामा छन्।
अक्षय कुमारको फिल्म ‘राम सेतु’ २५ अक्टोबरमा रिलिज हुँदैछ । फिल्ममा अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत सिंह स्टार ‘थ्याङ्क गड’ सँग भिड्नेछ । कट्रिना कैफ, सिद्धान्त चतुर्वेदी र इशान खट्टरको फिल्म फोन भूतको रिलिज मिति नोभेम्बर ४ हो । अर्जुन कपुरको फिल्म ‘कुटे’ पनि सोही दिन सिनेमाघरमा रिलिज हुँदैछ । ‘दृश्यम २’ र ‘भोद’ नोभेम्बर १८ का दिन एकसाथ भिड्दैछन् । ‘दृश्यम २’ आमदर्शक माझ निकै लामो समयदेखि प्रतिक्षामा थियो ।































प्रतिक्रिया