प्रचण्ड-नेपाल पक्षका विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा प्रदर्शन

प्रचण्ड-नेपाल पक्षका विद्यार्थीद्वारा प्रधानमन्त्रीलाई कालोझण्डा प्रदर्शन


सिरहा ।

सिरहामा प्रचण्ड-नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाएका छन् ।

प्रधानमन्त्री आज तत्कालीन एमाले नेता हेमनारायण यादवको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन सिरहा गएका थिए ।

उनलाई सिरहा बजारमा नेकपाका प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् । प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस अघि प्रधानमन्त्री ओलीले धनुषाको ढल्केबरमा रहेको देशकै ठूलो चार ४ सय केभीको सव–स्टेशनको आजै उद्घाटन गरेका थिए । ढल्केबरमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सव–स्टेशनको उद्घाटन गरेका हुन् । सव–स्टेशनको उद्घाटन सकेर सिरहा गएका उनलाई कालोझण्डा देखाइएको हो ।

Logo