प्रधानमन्त्री ओलीद्वारा देशकै ठूलो ढल्केबर सव–स्टेशनको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा देशकै ठूलो ढल्केबर सव–स्टेशनको उद्घाटन

केन्द्रबिन्दु
0
Shares

धनुषा ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषाको ढल्केबरमा रहेको देशकै ठूलो चार ४ सय केभीको सव–स्टेशन आज उद्घाटन गरेका छन् । ढल्केबरमा भएको एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले सव–स्टेशनको उद्घाटन गरेका हुन् ।

धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरमा निर्माण गरिएको यो सवस्टेशन देशको हालसम्मकै ठूलो क्षमताको सवस्टेशन हो। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी पनि सहभागी थिए ।

ढल्केबर सवस्टेशनमा हाल १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरि ६३५ एमभीएका ट्रान्सफर्मर जडान गरिएको छ । प्राधिकरणका अनुसार ४०० र २२० केभी क्षमताको सवस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रशारण गर्ने क्षमता राख्छ।

सवस्टेशनमा जडान गरिएको ३१५ एमभीएको थप पावर ट्रान्सफर्मरको गत पुस १९ गतेदेखि चार्ज गरेर सबै परीक्षण गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले २२ करोड ४३ लाखको लागतमा सव–स्टेशन बनाएको हो ।

Logo