उच्च कोलस्ट्रोलको चेकअफ गर्ने सहि उमेर कति हो ? कति स्तरलाई उच्च मान्ने ?

उच्च कोलस्ट्रोलको चेकअफ गर्ने सहि उमेर कति हो ? कति स्तरलाई उच्च मान्ने ?

केन्द्रबिन्दु
0
Shares

कोलस्ट्रोल रगतमा पाइने बोसो युक्त पदार्थ हो । 

मानव शरीरका लागि यो निकै आवश्यक छ । कोलस्ट्रोलले मावन शरीरलाई स्वास्थ्य राख्न सहयोग गरेता पनि यसको मात्रा बढी भएमा शरीरका लागि खलनायकको भूमिका खेल्छ । रगतमा कोलस्ट्रोलको मात्रा उच्च स्तरमा हुदा बोसो नलीहरूमा जम्मा हुन्छ । जसले नलीहरुलाई साँघुरो बनाउछ र रक्त प्रवाहमा असर गर्छ । कहिलेकाहीँ यी उच्च स्तरमा जम्मा भएका कोलेस्ट्रोल फुट्छ र क्लट बनाउँछ जसले हृदयघात वा स्ट्रोक आउछ । तसर्थ, यस अवस्थाबाट बच्नको लागि, समय समयमा शरीरको कोलस्ट्रोललाई जाँच गरिरहनु पर्छ । 

कोलस्ट्रोलको परीक्षण कुन उमेरमा सुरु गर्नुपर्छ ?

अमेरिकन हार्ट एसोसिएसनका अनुसार रगतमा कोलस्ट्रोलको स्तर परीक्षण २० वर्षको उमेरदेखि गर्नुपर्छ । बालबालिकामा भने ९ वर्ष पुगेपछि लिपिडको मात्रा परीक्षण गर्नुपर्छ । 

उमेर अनुसार कोलस्ट्रोलको सही स्तर कति हुनुपर्छ ?

१९ वर्षको उमेरमा, कोलस्ट्रोल स्तर प्रति डेसिलिटर १७० मिलिग्राम भन्दा कम हुनुपर्छ ।
वयस्कहरूमा कोलस्ट्रोलको सामान्य स्तर २०० भन्दा कम हुनुपर्छ । २०० र २३९ बीचको कोलस्ट्रोल भएको व्यक्तिलाई सीमा रेखा (बोडरमा पुगेको) कोलस्ट्रोल भनिन्छ । कोलेस्ट्रोललाई थ्रेसहोल्ड स्तर भन्दा तल राख्नु धेरै महत्वपूर्ण हुन्छ ।
 

परिवारमा उच्च कोलस्ट्रोल कसैलाई छ भने, त्यो पनि एक ठूलो कारक 

उच्च कोलस्ट्रोलको मामलामा आनुवंशिकीले महत्वपूर्ण भूमिका खेल्छ । जसको परिवारमा उच्च कोलस्ट्रोल भएको कोहि छ वा थियो भने, उनीहरुका सन्तानमा सानै उमेरदेखि यो रोगको सिकार हुने सम्भावना बढी हुन्छ ।

यदि तपाईंको परिवारमा कोही यो रोगबाट पीडित छ भने, तपाईमा पनि कोलेस्ट्रोल हुने जोखिम बढी हुन्छ । यदि तपाइको परिवारमा कसैलाई हृदयघात भएको छ भने, तपाईंले आफ्नो रगतमा कोलस्ट्रोलको स्तर जाँच गरिरहनुहोस । 

उच्च कोलस्ट्रोलका कारण हुने गम्भीर रोगहरू
– छाती दुख्ने वा एनजाइना
– हृदयघात

उच्च कोलस्ट्रोल कसरी व्यवस्थापन गर्ने ?


सही आहार, व्यायाम र खराब बानीबाट टाढा रहँदा तपाईको रगतमा कोलस्ट्रोलको स्तर ठीक हुन्छ ।
एक उमेर पछि, रगतमा कोलेस्ट्रोल धेरै मात्राले बढ्न थाल्छ, यो स्तर सही राख्न, तपाईंले आफ्नो जीवनशैली परिवर्तन गर्नुपर्छ । कोलस्ट्रोलसँग सम्बन्धित लक्षणहरूको प्रतीक्षा नगर्नुहोस् । सानै उमेरदेखि जाँच गराउँदा गम्भीर रोगबाट बच्न सकिन्छ ।
 

Logo