महका यति धेरै फाइदाहरु

महका यति धेरै फाइदाहरु

केन्द्रबिन्दु
0
Shares

मौरी एक प्रकारको फाइदाजनक किरा हो । 

यसले उत्पादन गरेको मह गुलियो, अति नै पोषिलो र गुणकारी हुन्छ । यसको दैनिक प्रयोगबाट शरीरमा शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरु भगाउन सक्ने भरपुर शक्ति रहेको हुन्छ । घरमै शरीरको फ्याट घटाउन शताब्दीयौं देखि महको प्रयोग विभिन्न तरिकाबाट हुँदै आएको छ । 
कोहि यसलाई बोसो घटाउन त कोही बढाउनका लागि प्रयोग गर्छन् । अर्कोतर्फ, पुरानो महले शरीरको मेटाबोलिज्ममा मद्दत गर्छ जसले कफ हटाउँछ । आयुर्वेद विज्ञ डाक्टर दिक्षा भावसारले आफ्नो इन्स्टाग्राम पोस्टमा महले मानव शरीरमा पुर्याउने फाइदा बारे बताएका छन् । 
 

आयुर्वेदका अनुसार महका फाइदाहरु..
१) मह आँखाका लागि धेरै राम्रो हुन्छ 
२) यसले तिर्खा मेटाउँछ र कफ निकाल्छ
३) पिसाब नलीमा गडबडी, दम, खोकी, पखाला र वाकवाकी–वान्ताका लागि धेरै  उपयोगी हुन्छ ।
४) यो प्राकृतिक डिटोक्सिफायर हो ।
५) यो मुटुको लागि राम्रो हुन्छ, छालामा सुधार ल्याछ ।
६) गहिरो घाउ छिटो निको पार्न मद्दत गर्छ ।
७) स्वस्थ ग्रेन्युलेसन टिश्युको विकास सुरु गर्दछल ।

यसरी महको प्रयोग नगर्नुहोला

१) मह तातो खाना वा पानीमा मिसाउनु हुँदैन ।
२) तातो ठाउँमा काम गर्दा मह खानु हुँदैन ।
३) महलाई घ्यूमा वा तातो, मसलादार खानामा मिसाउनु हुँदैन ।
४) साथै यसलाई पेय पदार्थ (जस्तै, व्हिस्की, रम, ब्रान्डी) वा तोरीसँग मिसाउनु हुँदैन ।

कसरी प्रयोग गर्ने
१) यदि तपाइँ मोटोपनाको लागि प्रयोग गर्दै हुनुहुन्छ भने, एक गिलास मन तातो पानीमा १ चम्चा मह लिनुहोस् ।
२) १ चम्चा महमा १ चम्चा बेसार र १ चम्चा मरिच मिसाएर पिउनाले रुघाखोकी, साइनसाइटिस, तथा रोग प्रतिरोधात्मक क्षमता वृद्दि गर्न सहयोग गर्छ । 
 

Logo