कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।
उनीहरुले शान्ति सुरक्षा नभएको भन्दै सामूहिक राजीनामाको घाषणा गरेका हुन् । प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका हुन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले स्थानीय प्रशासनलाई समेत बोधार्थ पत्र पठाएका छन् । गत भदौ २ गते आकस्मिक विभागमा कार्यरत डा. करण साहमाथि प्रतिष्ठान प्रशासनकै चौथो तहका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए ।
आफ्नो छोराको टाँका नकाटेको भन्दै हात र लात दुवैले डा.साहलाई हिर्काएको दृश्य सीसीटिभी फुटेजमा हेर्न सकिन्छ । डक्टर कुट्ने शाहीविरुद्ध मुद्दा चलिरहेको छ । उनलाई प्रतिष्ठानले ४५ दिन निलम्बन गरेको छ ।
अस्पताल निर्देशक डा.पुजन रोकायाको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएर छानबिनसमेत चलिरहेको छ ।
चिकित्सक र स्वास्थ्यकर्मीहरुले पिडक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बेला केही व्यक्तिहरुले नाबालकलाई प्रयोग गरेर मुठभेटको अवस्था सिर्जना गर्न थालेको भन्दै भयावह वातावरणमा सेवा दिन नसक्ने जनाएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।































प्रतिक्रिया