गुगल सर्च ट्रेन्डमा सेक्स खोज्नेमा नेपाली अगाडि

गुगल सर्च ट्रेन्डमा सेक्स खोज्नेमा नेपाली अगाडि

केन्द्रबिन्दु
0
Shares

विश्वमा गुगल सबैभन्दा बढी प्रयोग हुने वेभ साइट हो । यो साइटमा विश्वका सबै कुराको जानकारी पाइन्छ । आवश्यक पर्ने सामग्रीमात्रै हैन समय बिताउन पनि यो साइटमा छिर्नेहरु धेरै छन् । नेपालीले पनि गुगलको प्रयोग गरेर धेरै कुराको जानकारी लिने गरेका छन् । गुगल छिर्ने नेपालीको संख्या अत्यधिक रहेको छ । 

के खोज्छन् त नेपालीले गुगलमा ? यो विषय भने गम्भीर छ । नेपालमा सेक्स ओपन सेक्रेट छ । सेक्सका लागि विभिन्न कानुनी तथा सामाजिक प्रतिबन्धहरु छन् । सेक्सका कारण लब्धप्रतिष्ठितहरु नै कानुनी कठघरामा पुगेका छन् । केही मन्त्रीहरुले पद गुमाएका छन् । केही सांसदहरु अनुसन्धानमा तानिकएका छन् । कलाकारहरुले जेल सजाय भोगेका छन् ।

पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछाने नै किशोरी बलात्कारको आरोपमा अनुसन्धानको दायरामा तानिकएका छन् । यौनबारे खुलेर कुरा हुँदैन नेपालमा न कि कतै पाठ्य पुस्तकमा समावेश गरेर नै यौनबारे पढाइ हुन्छ । तर पनि मानिसका लागि यौन शारिरिक आवश्यकता हो । जीवन सञ्चालनको माध्यम हो । त्यही भएर यौनबारे जानकारी लिन नेपालीहरु पनि विभिन्न साइटको प्रयोग गर्छन् र गुगलको माध्यमबाटै भए पनि यौनबारे जानकारी हासिल गर्छन् । 

गुगल सर्चको पछिल्लो तथ्यांक हेर्ने हो भने नेपाली सेक्स खोजी गर्नेको सूचीमा सधैं शीर्ष पाँचको सूचीमा परेका छन् । पछिल्लो एक घण्टाको तथ्यांकले सेक्सको खोजी गर्ने देशहरुको सूचीमा नेपाललाई शीर्ष पाँचमा देखाउँछ ।

पपुवा न्यू गिनी, इथियोपिया, भियतनाम, श्रीलंका, बंगलादेशमा पनि सेक्सबारे बढीनै गुगल गरिन्छ । भारत, जाम्बिया, ट्युनिसिया, फिलिपिन्स र कम्बोडियामा पनि सेक्सबारे धेरै नै गुगल गरिन्छन् । 

नेपालीहरुले गुगलमार्फत् बढी सेक्ससम्बन्धी फोटो हेरेका छन् । फोटोमा उनीहरुले सेक्सको आशन, सेक्ससँग सम्बन्धी विभिन्न नग्न तस्बिरहरु, युवती र युवकका नग्न तस्बिरको खोजी बढी पाइएको छ । यस्तै युट्युबमा भएका यौनसम्बन्धी भिडियोको खोजी पनि बढी नै नेपालीले गर्ने गरेको भेटिन्छ । 
पछिल्लो पाँच वर्षको तथ्यांकले भने दक्षिण एसियाका देशहरुबाट यौनबारे बढी गुगल भएको पाइन्छ । श्रीलंकामा सबैभन्दा बढी यसबारे खोजी भएको गुगल तथ्यांकमा उल्लेख छ ।

यस्तै बंगलादेश, नेपाल र भारतमा पनि यसको खोजी अत्यधिक छ । अफ्रिशन देश इथियोपियाबाट पनि यौनबारे जिज्ञासा राख्ने धेरै नै छन् । भियतनाम, म्यानमार, पाकिस्तानमा पनि यौनबारेको जिज्ञासा बढी छ । एसियापछि अफ्रिकन देशमा यसको चासो बढी पाइन्छ । जाम्बिया, युगान्डामा यौनबारे खोजी बढी हुने गरेको छ । 

सन् २००४ पछिको १८ वर्षको तथ्यांक केलाउने हो भने नेपालबाट मात्रै लाखौं पटक यौनबारे खोजी भएको पाइएको छ । श्रीलंका, बंगलादेश, इथियोपियापछि नेपालबाट यौनबारे गुगलमा खोजी भएको छ । भारत पनि खोजी हुनेको सूचीमा शीर्ष पाँच भित्र पर्छ ।

नेपालभित्र पनि कर्णाली प्रदेशका अधिकांश जिल्लामा बढीमात्रामा गुगलमा यौनबारे खोजी भएको पाइन्छ । लुम्बिनी र गण्डकी, बाग्मती, प्रदेश एक, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा क्रमैसँग खोजी भएका छन् । 

Skip This
Skip This
Logo